प्रेममा विभेदले निम्त्याएको मृत्यु

meropati

जाजरकोट जिल्ला भेरी नगरपालिका -४ त्रिभुवन उच्च माध्यमिक बिधालयमा राष्ट्रपति रनिङ शिल प्रतियोगिता भएको समयमा २०७५ देखि चिनजान भई मोबाइल तथा समाजिक संन्जाल मार्फत निरन्तर सम्पर्क / सम्बन्ध हुने गरेको र पछिल्लो पटक २०७६ पुष १२ देखि १५ सम्म सुष्मा मल्ल मृतक नवराज वि.क. को घरमा बसेकी थिईन ।

२०७६ चैत १७ गते नवराज वि.क. सहित ३ जना सुष्मा मल्लको घर मा भेटघाटको क्रममा गएको र सोही बेला सुष्मा मल्लको परिवारले गालीगलौच तथा कुटपिट गरि चौरजहारी नगरपालिका वाड न -८ का वडा अध्यक्ष मार्फत इलाका प्रहरी कार्यलयमा खबर गरि एक रात चौकीमा राखेको र भोलिपल्ट वडाध्यक्ष लाई छलफलमा बोलाउदा उपस्थित नभई सम्झाई बुझाई नवराज वि.क. को परिवार लाई पठाई दिनु भनेको र नवराज वि.क. को आमाको अनुसार प्रहरीले छलफलमा बोलाउदा “त्यो डुमको मुख हेर्न आउदिन त्यसको परिवारलाई जिम्मा लगाई पठाई दिनु भनी वडाध्यक्ष अनुपस्थित भएका हुन ।



घटना घटेको दिन २०७७ जेष्ठ १० गते  लकडाउनको समयमा नवराज वि.क. आफ्ना १९ जना साथीहरु सहित सुष्मा मल्लको घर बेहुली लिन र काफल  खान गएका थिए । उक्त दिन अपरान्ह ५:०० बजे सुष्मा मल्लको घर भन्दा ५० मिटर  तल बाटोमा पुगेका थिए सोही समयमा सुष्मा मल्लकी आमा प्रकाशी मल्लले अपशब्द बोल्दै “तलाई डुम फेरि आईस” अझै पुगेन तलाई नमारी छाड्दैनन् भन्दै वडाअध्यक्ष लगाएत गाउँलेहरुलाई उनले गुहारिन । त्यसपछि युवाहरु हिडे । त्यहाबाट केही समय पश्चात् गाउँलेहरुको जत्थाले घेरा हाली घरेलुु हतियार प्रयोग गरि नवराज वि.क. सहित ६ जनाको मृत्यु र १२ जना घाइते भए । 

छबिलाल पौडेल (प्रहरी हवल्दार, राहुल गाउँप्रहरी पोष्ट, जाजरकोट) 
हामि ४ जना गएका हौ फुटबल खेल्न भनी बसेकाहरुले पारीबाट भाग्दै आएका युवाहरूलाई कुटपिट गरिरहेको अवस्थामा हामी पुगि नियन्त्रणमा लिएको ।

चन्द्रप्रकाश घर्ती मगर (प्रमुख, भेरी नगरपालिका)
नवराज वि.क. २१ वर्ष जति भएका छ्न । चौरजहारिय नगरपालिका सोतिको उक्त केटि संग प्रेम सम्बन्ध भएको सत्य हो । उनीहरुको प्रेम सम्बन्ध करिब २/३ बर्ष जतिको हो । केटि यता आउने र केटा पनि उता जाने बस्ने गरेको रहेछ्न । नवराज वि.क. लाई कल आएको ठिक हो केटिले बोलाउदा नमानेको तर पछि १०/१२ जना लिएर आउनु भनेको ।

गणेश वि.क. (अध्यक्ष, पत्रकार महासंघ रुकुम)
घटनालाई समाचार बनाउदा तीन वटा आधारमा ABC (Accuracy, Blance and Crediability) हेर्छौ । यो घटना सुनियोजित छ भन्ने हाम्रो निष्कर्ष छ । यो घटानाको मुल कारण अन्तरजातीय प्रेम सम्बन्ध हो जुन तहमा जातीय विभेदका आधारमा बर्वरतापुर्ण सामुहिक हत्या गरियो । यो अत्यन्त ठूलो घटना हो ।

सुष्मा मल्लको भनाई :- 
घटनाको बारेमा मलाई थाहा भएन, म भित्र टिभी हेरिराखेको थिए । आमा कराएको सुने पहिला ३ चोटि आएका थिए । यो चौथो पटक हो मैले उसको जात के हो भनेर सोधिन फेसबुकमा कुमाल भन्ने थियो । म नवराज को घरमा गएको हो सुष्मिता, पुजा र म एउटै कोठामा सुतेको हो । उसको बर्थडेमा उसको घर गएको थिए, त्यो दिन सगै सुतेको हो महिले उसलाई माया गर्थे तर अहिले पढ्ने उमेर हो म आफ्नो खुट्टामा आफै उभिएपछि ६/७ बर्ष पछि बिहे गरौला भनेको हो । अब मैले ममि ड्याडीलाई खुसी पार्न चाहान्छु । पहिला उसलाई धेरै माया गरेको हो ।

नवराज वि.क. र सुष्मा मल्ल बीच को प्रेम सम्बन्ध अन्तरजातीय भएकाले केटा कथित तल्लो जातिको भएकोले अस्वीकार गरेको तसर्थ यो घटना जातीय भेदभाव तथा छुवाछूतको कारणले भएको हो । यस्ता अनेकौ अन्तरजातीय प्रेमले गर्दा ज्यान गुमाएका छ्न । 
यो लेख संसदीय दलको प्रतिबेदनमा आधारित छ ।                 

लेखक :- भरत वि.क. नेपाल दलित संघ सिन्धुलीका सचीव हुन ।

Leave a Reply

Your email address will not be published.