सिन्धुलिमा ३३ कोरिना संक्रमित, पाँच स्थानिय तह सर्टडाउन

meropati

सिन्धुली । पछिल्लो समयसम्म सिन्धुलिमा कोरोना भाइरस संक्रमितको संख्या ३३ पुगेको छ । कोरोना भाईरसको संक्रमण बढेपछि सिन्धुलीका पाँच वटा स्थानीयतहमा सटडाउन गरिएको छ ।

जिल्लाका नौं वटा स्थानीय तहहरुमध्ये पाँच वटामा सटडाउन गरिएको हो । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तिव्र भएपछि दुई नगरपालिकासहित पाँचवटा स्थानीय तहलाइ कम्तीमा एक सातादेखि दुई हप्तासम्मका लागि सर्टडाउन गरिएको हो ।



जिल्ला सदरमुकाम रहेको कमलामाई र दुधौली नगरपालिका, सुनकोसी, मरिण र गोलन्जोर गाउँपालिकामा सर्टडाउन गरिएको हो । सदरमुकाम क्षेत्रमै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कमलामाई नगरपालिकाले गत मंगलबार रातिबाट एक साताका लागि नगर क्षेत्र लकडाउन गरेको हो ।

दुधौली नगरपालिकाले शुक्रबार राती १२ बजेबाट लागु हुनेगरी भदौं ६ गते मध्ये रातीसम्मका लागि सर्टडाउन गरेको छ । उक्त समयसम्मका लागि स्वास्थ्य संस्था र सुरक्षा निकाय बाहेक नगरपालिका भित्रका सम्पूर्ण कार्यालयहरु पूर्णरुपमा बन्द गरिएको नगरपालिकाका मेयर घनश्याम राउतले जानकारी दिए ।

उनले भने, ‘नगर भित्रका औषधी पसललाई चौविसै घण्टा खुल्ला राख्न र खाद्यान्न, तरकारी, फलफुल, दुधडेरी पसललाई हरेक दिन बिहान ५ बजेदेखि १० बजेसम्म मात्र संचालन गर्न र अन्य सम्पूर्ण व्यवसाय बन्द गर्न आह्वान गरिएको छ ।’

जिल्लाको सुनकोसी गाउँपालिकाले पनि शुक्रबार रातीबाट गाउँपालिका क्षेत्र सर्टडाउन गरेको छ । गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराका अनुसार आगामी भदौ १३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण कार्यालयहरु बन्द गरिएको हो ।

‘खाद्यान्न, तरकारी लगायतका पसलहरु प्रत्यक दिन दिउँसो ३ बजेदेखि ६ बजेसम्म तिन घण्टा संचालन हुनेछन् । त्यस बाहेकका सबै सेवा बन्द हुने छन्,’ उनले भनिन् ।

गाउँपालिका भित्रका विद्यालयहरुमा हप्तामा १ पटक बैकल्पीक सिकाई कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ । विपी राजमार्गमा संचालन हुने सवारी साधनहरुमा समेत स्वास्थ्य सुरक्षा अपनाउन कडाई गरिने छ ।

गोलन्जोर गाउँपालिका पनि गत बिहिबारबाटै सर्टडाउन गरिएको छ । गाउँपालिका अध्यक्ष पुष्प कार्कीका अनुसार बिहिबारदेखि आगामी भदौ ५ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । पालिका क्षेत्रमा पिसिआर टेष्टलाई तिव्रता दिइएको समेत उनले जनाए ।

उता मरिण गाउँपालिकाले पनि आइतबार राती १२ बजेबाट लागु हुनेगरी १० दिनका लागि सर्टडाउन गर्ने निर्णय गरेको छ । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन केन्द्र (सिएमसी) को शनिवार बसेको बैठकमा साउन ३२ गते आइबारबाट भदौ १० गतेसम्मका लागि सर्टडाउन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले बताए ।

‘गाउँपालिका भित्र यातायातका साधन संचालनमा रोक लगाइएको छ । अनावश्यक काममा हिडडुल गर्न र पशु तथा मासुजन्य बस्तुको आयातमा प्रतिबन्ध लगाइएको छ,’ उनले भने ।

बैंक तथा वित्तिय संस्था र आन्तरीक बाहेकका कुनैपनि सिफारीसहरु समेत बन्द गर्न भनिएको छ । जिल्लाका मुख्य सडकहरु विपी, मध्यपहाडी र मदनभन्डारी राजमार्गमा संचालन हुने यातायातका साधनहरुले जिल्ला क्षेत्रभित्र रोक्न, यात्रु चढाउन तथा ओरोल्न पाउने छैनन् । राजमार्गका होटलहरु पूर्णरुपमा बन्द गरिएको छ ।

उता जिल्लाको हरिहरपुरगढी, तिनपाटन, फिक्कल र घ्याङलेख गाउँपालिकामा भने उच्च स्वास्थ्य सुरक्षा अपनाइएको बताइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । उनीहरुमध्ये ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने २२ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published.