एसईई परीक्षाको नतिजा सार्वजनिक

meropati

माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो ।



२० साउनमै परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न सकेको थिएन । 

सरकारले नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि नतिजा सार्वजनिक गरेको हो । यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी छन् ।

Leave a Reply

Your email address will not be published.