सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ३२ पुग्यो

meropati

सिन्धुली । सिन्धुलीबासी एक पुरुषमा मंगलबार कोरोना संक्रमण पुष्टि भए सङ्गै सिन्धुलिमा कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको छ । जनकपुरको नेपाल–बंगलादेश बैंकमा कार्यरत सिन्धुलीका २१ वर्षका एक युवालाई मंगलबार कोरोना संक्रमण पुष्टि भए सङ्गै कोरोना सङ्क्रमितको संख्या ३२ पुगेको हो ।

उनलाइ सङ्क्रमण देखिएपछि सिन्धुली ल्याइएको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमण देखिएका ति पुरुषलाई सिन्धुलीको एपोलो अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।



अहिले सिन्धुलीमा कोरोना संक्रमण पुष्टि भएका १७ जनाको सिन्धुलीमा उपचार भैरहेको छ । कमलामाई नगरपालिका–६ स्थित एपोलो हस्पिटलमा १६ जना संक्रमित पुरुषको उपचार भैरहेको छ भने सिन्धुली अस्पतालमा कार्यरत एक महिलाको सिन्धुली अस्पतालमै उपचार भैरहेको छ ।

सिन्धुलीबाट स्वाव संकलन गरि परिक्षण गरिएका मध्ये ३२ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहको भनाई छ । संक्रमण पुष्टि भएका ३२ जनामा एक जना महिला छिन् भने अन्य पुरुष रहेका छन । 

जिल्लाबाट अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । पछिल्लो समय स्वाव पठाइएका २४५ जनाको कोरोना परीक्षण रिपोर्ट भने आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.