रेशमले बेरेको ढुंगा हान्ने कवि

meropati

चाबहिल, मित्रपार्कका कविराज शेरबहादुर सिंह मिश्रको घर राणाकालमै पनि चर्चित थियो । पुस्तैनी ओखतिमूलोमा लागेकाले मिश्र परिवारलाई कविराजको खलक भनिन्थ्यो । यही परिवारमा २०११ वैशाख २८ गते जन्मिएका कणाद मिश्र भने ‘कवि’को रुपमा चिनिए ।

नयाँ मान्छेसँग कुरा गर्दा कणाद भनिरहेका हुन्छन्, ‘आयुर्वेद र औषधीमूलो गर्ने कविराज खलकमा मचाहिँ कविता सृजना गर्ने कविमात्रै बन्न पुगें ।’



त्यतिबेलाको चाबहिल क्षेत्र पुरै ग्रामीण परिवेशको थियो । आजको मित्रपार्कमा घैया फल्थ्यो । लामपोखरीदेखि मित्रपार्कसम्म चर्चेर बसेका मिश्र परिवारका सदस्यहरू दिउँसो जागीर खान सहर धाउँथे ।

कणादका पिता कृष्णबहादुर सिंह मिश्रको जागिर सिंहदरबार वैद्यखानामा थियो ।  बालक कणाद छिमेकमै रहेको मित्र सहशिक्षालय मर्निङ हाइस्कुल (पछि पशुपति हाइस्कुल) पढ्थे । फुर्सदमा साथीभाइसँग यत्रतत्र डुल्थे ।

बाल्यकालबारे उनी भन्छन्, ‘साँझ घर फर्कने बेलामा खुबै डराउँथें । एक त त्यतिबेला चाबहिल बजारबाट मेरो घरसम्म पुग्ने झाडीको बाटोमा दिउँसै स्याल आउँथ्यो । त्यसमाथि बुबाको खप्किको सम्भावना उत्तिकै हुन्थ्यो ।’

Leave a Reply

Your email address will not be published.