कमलामाई नगरपालिका थप एकसाताको लागि सटडाउन

meropati

सिन्धुली – कमलामाई नगरपालिकाको कार्यालय सिन्धुलिले एक साताका लागि सटडाउन थप गरेको छ । सिन्धुली जिल्ला तथा छिमेकि क्षेत्रमा कोरोना सक्रमण झन बढ्दै गएपछि नगर प्रमुख खड्गबहादुर खत्रीको अध्यक्षतामा सोमवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सोमवार राती १२ बजे देखि ९ गते राती १२ बजे सम्मका लागी सटडाउन बढाउने निर्णय भएको र यस पछि अबस्था हेरेर सटडाउन पुनः थपघट हुने पालिकाका सूचना अधिकारी सागर कुमार ढकालले जानकारी दिनुभयो । यसअघि साउन २७ देखि भदौ १ गते सम्म नगरपालिका भरि सटडाउन गरिएको थियो ।



सुचना अधिकारी ढकालका अनुसार अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेछन् । सर्वसाधारणलाई आवतजावतमा थप कढाइ गरिएको छ भने नगरपालिका मातहत रहेका सबै सरकारी कार्यालयहरु समेय बन्द गरिएका छन् ।

Leave a Reply

Your email address will not be published.